काठमाडौं । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
शीतल निवासमा आयोजित समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन मन्त्रीको शपथ गराएका हुन् ।
धनराज गुरुङले कानून न्याय तथा संसदिय मामला, मोहन बस्नेतले स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बूले युवा तया खेलकुद मन्त्रीमा शपथ लिएका हुन् ।
बुधाबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई नियुक्त गरेका थिए ।