सांसद टोपबहादुर रायमाझी पक्राउ, काठमाडौं ल्याइँदै | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

सांसद टोपबहादुर रायमाझी पक्राउ, काठमाडौं ल्याइँदै

काठमाडौं, २१ वैशाख । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं ठगेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेअनुसार उनलाई आज भैरहवाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

रायमाझीलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । रायमाझीका छोरा सन्दीप रायमाझी पनि पक्राउ परीसकेका छन् । यसअघि पक्राउ परेका व्यक्तिहरूले बयान दिनेक्रममा टोपबहादुर र सन्दीपको नाम लिएका थिए । सन्दीपलाई पनि काठमाडौं ल्याइँदैछ ।
पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत काठमाडौंले थापाविरूद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो।

यहि प्रकरणमा उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । तर, पाण्डे प्रहरीमा आफै उपस्थीत भएको बुझिएको छ । उनीमाथि नक्कली भुटानी शरणार्थी बनाउने भूमिका खेलेको आरोप छ । प्रहरीले बुधवार नै सरकारी वकिलको कार्यालयबाट पक्राउ पूर्जी जारी भएपछि पक्राउ गरेको हो । यसअघि सुरक्षाविज्ञ डा. इन्द्रजीत राई, पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाको स्वकीय सचिव रहिसकेका केशव दुलाल पक्राउ परिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);