अमेरिकाको मेडिकल बिल्डिङमा गोली चल्यो | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

अमेरिकाको मेडिकल बिल्डिङमा गोली चल्यो

एजेन्सी, २१ वैशाख । अमेरिकाको एट्लान्टास्थित मेडिकल भवनमा बुधबार भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ । गोली लागेर अन्य चार जना घाइते भएका छन् । घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ । स्थानीय समय अनुसार दिउँसो १२ः३० बजे मात्रै उनीहरुलाई खबर गरिएको थियो । “क्षेत्रका मानिसहरूलाई सचेत गराइएको छ र सुरक्षित रूपमा खाली हुन भनिएको छ,“ प्रहरी विभागले भन्यो।

एटलान्टाका मेयर आन्द्रे डिकेन्सले आफू प्रहरीको सम्पर्कमा रहेको र यस क्षेत्रका मानिसहरूलाई प्रहरीलाई सम्पर्क गर्न सल्लाह दिएको बताए।

संदिग्ध व्यक्तिले आफ्नो अनुहार र नाकमा मास्क लगाएको थियो र उसको पछाडि स्वेटसर्ट र खैरो झोला लगाएको भारतीय समाचार माध्यम दैनिक जागरणले जनाएको छ ।

“अधिकारीहरूले संदिग्धलाई सक्रिय रूपमा पछ्याइरहेका छन्”विभागले सोशल मिडिया प्लेटफर्महरूमा अन्य पीडितहरूको खोजी जारी रहेको बताएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);