मिटरब्याजी समस्या समाधानका लागि राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

मिटरब्याजी समस्या समाधानका लागि राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने सरकारको निर्णय

काठमाडौं । सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रुप दिन अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय गरेको छ ।

मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले आज नै राष्ट्रपति समक्ष मिटरब्याजी पीडितको समस्या समाधान गर्न मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रुप दिन अध्यादेश पठाउने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रुप दिन अध्यादेश राष्ट्रपतिसमक्ष आज नै पठाउने निर्णय भएको बताउनु भयो ।

रेशम चौधरी लगायतका कैदीबन्दीहरु रिहाईको विषय ऐ संशोधन गरेर मात्रै हुने बताउनु भयो । नेपाल ऐन लगायत केही ऐन संशोधन गर्ने विषयहरुका बारेमा छलफल भएको पनि बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);