२०४८ सालयताका सबै भ्रष्टहरुलाई कारबाही गर्छुः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

भदौ ३० २०८१, आइतबार

२०४८ सालयताका सबै भ्रष्टहरुलाई कारबाही गर्छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०४८ सालयताका सबै भ्रष्टहरुलाई कारबाही गर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री दाहालले पार्टीको चुनावी घोषणा पत्रमा उल्लेख भएअनुसार आयोग बनाएर छानवीन गरी ती भ्रष्टहरुलाई कारबाही गर्ने बताउनु भएको हो । अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले छिट्टै आयोग गठनगरी भ्रष्टहरुलाई कारबाही गर्ने प्रक्रिया सुरु गरिहाल्ने पनि बताउनु भयो । अहिले सबैभन्दा बढि भ्रष्टहरु नै भ्रष्टाचारविरुद्ध बोलेको देख्दा आफूलाई अनौठो लागिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले उनीहरुलाई छानवीन गर्नका लागि तत्काल पहलकदमी लिने बताउनु भयो । उहाँले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति संकेत गर्दै भ्रष्टाचारविरुद्ध कडा वक्तव्य दिएपछि इतिहासको फोहोरको डुंगुरमा फालिएकाहरु फेरी बाहिर निस्कने प्रयास गरेको भन्दै त्यस्ता प्रवृत्तिको विरुद्ध खडा हुन पनि पार्टीका, नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो ।

प्रधानमन्त्री दाहालले सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिमा केन्द्रित भएर काम गरिरहेको दावी समेत गर्नु भयो । उहाँले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट श्रमिकमुखि बनाउन आफूले विशेष ध्यान दिएको पनि बताउनु भयो । उत्पादन वृद्धि र रोजगारी सृष्टि हुने गरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने उल्लेख गर्दै उहाँले त्यसका लागि आफू लडिराखेको पनि बताउनु भयो । प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘मैले पार्टी र नेतृत्वको हैसियतले, सरकारको प्रधानमन्त्रीको हैसियतले मैले आउने नीति, कार्यक्रम र बजेट श्रमिक जनसमूदायमुखि होस् भन्नेतिर मेरो ध्यान छ । मेरो पूरै ध्यान छ । उत्पादन वृद्धि र रोजगारी सृष्टिमा केन्द्रित होस भन्ने मेरो ध्यान छ । म त्यहाँ लडाईँमा छु भन्ने बुझ्नु होला । म लडिराखेको छु, लडछु ।’

प्रधानमन्त्री दाहालले बहिर्गमित लडाकुहरुलाई २ लाखका दरले राहत दिने निर्णय आफूले नगरेको पनि दोहो¥याउनु भयो । अघिल्लो सरकार र सर्वोच्च अदालतको फैसला अनुसार आफूले उनीहरुलाई राहत दिन लागेपनि स्याल हुँइया मच्याउन खोजिएको उहाँको भनाई थियो । प्रधानमन्त्री दाहालले यो परिवर्तन उल्टयाउने गरी स्यालहरु कराउन थालेको भन्दै त्यसको प्रतिरोध गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नु भयो ।

प्रधानमन्त्री दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन बलिदानपूर्ण संघर्ष गर्नेहरुमाथि अपमान गर्ने प्रयास भईरहेको उल्लेख गर्दै त्यसलाई सहन गरेर बस्न नहुने पनि पटकपटक दोहो¥याउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);