श्रमिकहरुलाई शिक्षा र स्वास्थ्यको निःशुल्क सेवा दिनुपर्छः राजेन्द्र लिङदेन | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

श्रमिकहरुलाई शिक्षा र स्वास्थ्यको निःशुल्क सेवा दिनुपर्छः राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्यले श्रमिकहरुलाई शिक्षा र स्वास्थ्यको सेवा निःशुल्क दिनुपर्ने बताउनुभएको छ ।

सोमवार १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पार्टी संवद्ध ट्रेड युनियन महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले श्रमिकहरुलाई निःशुल्क रुपमा शिक्षा र स्वास्थ्यको सेवा दिनुपर्ने बताउनुभएको हो । उहाँले श्रमिकको जीवन मर्यादित र सुरक्षित हुन नसकेको भन्दै श्रमिकहरुको मर्यादा, सुरक्षा र जिविकाको सुरक्षातर्फ राज्यले ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले सबै श्रमिकहरुलाई सरकारले स्वास्थ्य बीमाको दायरामा ल्याउनुपर्ने पनि बताउनु भयो । अध्यक्ष लिङदेनले श्रमिकहरुलाई सूचिकृत गर्ने र परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

अध्यक्ष लिङदेनले देश बाहिरबाट श्रम इजाजत बिना नेपाल आएर व्यक्तिहरुले काम गरिरहेका भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले देशका श्रमिकहरुलाई प्राथमिकताका साथ देशभित्रै कामको अवसर दिनुपर्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);