बन्दिपुरले गर्यो ‘शैक्षिक गुणस्तर सुधारको वर्ष’घोषणा, काम नगर्ने शिक्षकलाई कारबाही गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

बन्दिपुरले गर्यो ‘शैक्षिक गुणस्तर सुधारको वर्ष’घोषणा, काम नगर्ने शिक्षकलाई कारबाही गर्ने

काठमाडौं, १८ वैशाख । शैक्षिक सत्र २०८० को प्रारम्भसंगै बन्दिपुर गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग कार्य सम्पादन करार गरेको छ ।

आइतबार बसेको बैठकले सामुदायिक विद्यालयको गुणस्तर सुधार अभियान अन्तरगत शैक्षिक सत्र २०८० लाई ’शैक्षिक गुणस्तर सुधारको वर्ष’ घोषणा गरेको हो । बैठकले स्कुल शिक्षा सुधारको लागि विद्यालय प्रधानाध्यापकसँग कार्य सम्पादन करार गरेको अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।

गाउँपालिकाले विद्यालयका प्रधानाध्यापकहरुसँग ३० बुंदे करार सम्झौता गरेको छ । सोही सम्झौताअनुसार प्रधानाध्यापकहरुले विद्यालय र शिक्षकहरुबारे प्रतिवेदन बुझाउने छन् र सोही प्रतिवेदनको आधारमा शिक्षकहरुको कामको मुल्यांकन गरिने र काम नगर्ने शिक्षकहरुलाई कारबाही गर्न सहज हुने अध्यक्ष थापाको भनाइ छ । उनले भने,‘अब काम नगर्ने, जिम्मेवारी पुरा नगर्ने शिक्षकहरुलाई कडा कारबाही गछौं ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);