काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसान र मजदूरलगायतको बलिदानले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका छन् । उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको संघर्ष र कीर्तिमानकै कारण आज देशमा गणतन्त्र स्थापना भएको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले यस्तो बताएका हुन् । उनले मजदुर दिवसको अवसर पारेर नेपाली श्रमिक जनसमुदाय खास गरी किसान मजदूरको हक, हित र अधिकारका पक्षमा आफूलाई उभ्याउने प्रण गरेका छन् ।
प्रधानमन्त्री दाहालले नेपाली श्रमजीवी जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पु¥याउने ऐतिहासिक जिम्मेवारी रहेको स्मरण गराउँदै त्यो जिम्मेवारी पूरा गर्न आफू अनवरतरुपमा लागिरहने प्रतिबद्धता समेत गरेका छन् ।
नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गसँग जुझारु ऐक्यवद्धता प्रकट गर्दै दाहालले नेपाल अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक अभ्यासको चरणमा प्रवेश गरेको उल्लेख गरेका छन्।