निरा हत्या प्रकरण : सिसीटीभीमा देखिएको झोला प्रहरीले भेट्टायो, झोलामा के छ ? | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८१, सोमबार

निरा हत्या प्रकरण : सिसीटीभीमा देखिएको झोला प्रहरीले भेट्टायो, झोलामा के छ ?

काठमाडौं, १७ वैशाख । निरा पाण्डे आचार्यको हत्याको आरोपमा पक्राउ परेका विनोद विकको कोठाबाट प्रहरीले झोला बरामद गरेको छ । विकको कोठाबाट प्रहरीले रगत लागेको सर्ट र एउटा झोला बरामद गरेको जनाएको छ । सिसीटिभीमा देखिएको झोला कागेश्वरी मनोहरास्थित एक रेष्टुरेन्टको कोठाबाट ती सामान बरामद गरेको हो ।

कपनस्थित निरु किचनकी सञ्चालक आचार्य गत वैशाख ७ गते रगताम्य अवस्थामा भेटिएकी थिइन् । उनलाई अस्पतालमा पुर्याएपछि अस्पतालले मृत घोषणा गरेको थियो । प्रहरीको अनुसन्धानको क्रममा सिसीटीभीमा एक युवकलाई देखिएको थियो । ती युवक राइड सेयरको मोटरसाइकलमार्फत कागेश्वरी मनोहरास्थित एक रेस्टुरेन्टमा गएको अनुसन्धान खुलेपछि प्रहरी त्यहाँ पुगेको थियो । सिसीटिभी फुटेजमा देखिएको झोला नै प्रहरीले बरामद गरेको थियो ।

सुन लुटपाटको उद्देश्यले निराको हत्या गरेको अनुमान गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);