छोराको हत्या गरी आत्मसमर्पण गर्न प्रहरी कार्यालय बुवा पुगे | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

छोराको हत्या गरी आत्मसमर्पण गर्न प्रहरी कार्यालय बुवा पुगे

काठमाडौं, १७ वैशाख । पछिल्ला समयमा लागुपदार्थ, मदिरा सेवनका कारण घरभित्रै हत्या हिंसाका घटना बढीरहेका छन् । कैलालीमा लागुपदार्थमा लठ्ठिएका छोराको हत्या गरेर बुवा प्रहरी कार्यालय पुगे । जिल्ला प्रहरी कार्यालय पुगेर धनगढीका महेशकुमार चौधरी छोरा अर्जुनको हत्या आफैले गरेर आएको बयान दिए । उनको शरिरमा चोटैचोट थियो ।

उनले २१ वर्षीय सहोदर छोरा अर्जुन चौधरीको मृत्यु भएको जानकारी गराए । महेशका छोरा अर्जून लागुपदार्थ दुव्र्यसनीमा फसेका थिए । शनिबार बाव–छोराबीच सामान्य विवाद बढ्दै गएपछि हत्यासम्म पुुगेको थियो । अर्जुनले घर नजिकैको मन्दिर तोडफोड गर्न लागेपनिछ सम्झाउन गएका बुवालाई त्रिसुल र इट्टा प्रहार गरे तर बुवा ठुलो चोट लाग्नबाट भने जोगिए । महेशले छोरालाई इट्टा प्रहार गर्दा छोरा अर्जुनको मृत्यु भएको हो । प्रहरीको नियन्त्रणमा रहेका महेश कुमारको आज म्याद थप हुने जनाइएका छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);