चन्द्र भण्डारी आज स्वदेश फर्कदै, बाँकी उपचार नेपालबाटै गरिने | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

चन्द्र भण्डारी आज स्वदेश फर्कदै, बाँकी उपचार नेपालबाटै गरिने

काठमाडौं, १७ वैशाख । करिब ३ महिनादेखि भारतमा उपचाररत नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारी आज स्वदेश फर्कदै छन् । भण्डारी र उनकी आमा हरिकला गत फागुन ३ गते आफ्नै निवासमा सिलिन्डर विस्फोट भई गम्भीर घाइते भएका थिए । बिस्फोटमा परी भण्डारीको ३० र आमाको ७० प्रतिशत शरिर जलेको थियो ।

सांसद भण्डारी आइतबार दिउँसो २ः५५ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत आफ्नो देश फर्कदैछन् । उनी साझ ५ बजे काठमाडौं उत्रदैंछन् । उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत थिए । उनको स्वास्थ्यमा क्रमिक सुधार आएपछि बाँकी उपचार नेपालबाटै गर्ने गरी स्वदेश ल्याउन लागिएको स्रोतले जनाएको छ ।

अहिले उनी बोल्न र हिड्न सक्ने भएका छन् । भण्डारीको आमाको उपचारको क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);