लुम्बिनीका मुख्यमन्त्री चौधरीसहित ३ मन्त्रीले लिए शपथ | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

लुम्बिनीका मुख्यमन्त्री चौधरीसहित ३ मन्त्रीले लिए शपथ

काठमाडौं, १५ वैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज शपथ लिएका छन् । चौधरीसहित ४ जनाले आज पद तथा गोपनियताको शपथ लिएका हुन् ।

माओवादीका धनबहादुर मास्की, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोसपाका सन्तोष पाण्डेले मन्त्रीको शपथ लिएका हुन् । उनीहरुको मन्त्रालय भने टुंगिएको छैन् ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । गठबन्धन दलमा कांग्रेसले ४, माओवादीले ३ र साना दलले ४ मन्त्रालय राख्नेगरी करिब सहमति जुटेको भनिएपनि साना दललाई संख्या नपुगेकाले बुझिएको छ ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार ८ दलका ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष उनले दाबी पेस गरेका थिए । चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन छ । यसअघि बनेको एमाले नेता लिला गिरी नेतृत्वको सरकारले सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि ढलेको थियो । चौधरीलाई कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३/३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १/१ जनासहित ५३ जनाको समर्थन छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);