काठमाडौं, १५ वैशाख । गत वैशाख १० गते सम्पन्न भएको उपनिर्वाचनमा निर्वाचित दुई सांसदहरुले आज शपथ लिएका छन् ।
चितवन–२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेले सभामुख देवराज घिमिरेबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
घिमिरेले शपथसँगै उनीहरुलाई संसदको लोगोपनि वितरण गरेका छन् । बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादवले भने कार्य व्यवस्ताको कारणले आज शपथ लिन पाएनन् ।