एमालेबाट अर्थ समितिमा विष्णु पौडेल नै किन ? | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

एमालेबाट अर्थ समितिमा विष्णु पौडेल नै किन ?

काठमाडौं, १५ वैशाख । नेकपा (एमाले)ले संसदीय समितिमा रहने सांसदहरुको नाम टुंगो लागएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले समितिमा रहने सांसदहरुको सूची बिहीबार बुझाएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको नाम अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा छ भने योगेश भट्टराई, गोकुल बास्कोटा,अच्युत मैनाली, दामोदर भण्डारी लगायत पर्यटन समिति र सार्वजनिक लेखा समितिमा रहेका छन् । सहमति अनुसार एमालेले सार्वजनिक लेखा र अर्थ समितिको सभापति पाउनेछ । अर्थ समितिमा विष्णु पौडेल, पदम गिरी, जुली महतो, सुर्य थापा, भगवती चौधरी, अमर रायमाझी, नारायणप्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगर रहेका छन् । पौडेल अध्यक्ष ओलीका विश्वासिला नेता मानिन्छन् । उनी पटकपटक भ्रष्टाचार मुद्दामा मुछिएका पात्र हुन् । पौडेलसँग जनता रुष्ट भएपनि ओलीले उनलाई प्रचण्ड नेतृत्वको सरकारको अर्थमन्त्री समेत बनाए । अब फेरी पौडेललाई अर्थ समितिको सभापति बनाउने लविङ भइरहेको बुझिएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा केपी शर्मा ओली, भीम आचार्य, हरि उप्रेती, सुनिता बराल, देवीप्रकाश भट्टचन, एकनाथ ढकाल, सम्झना थपलिया र दामोदर बैरागी रहेका छन् । यसैगरी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता र लक्ष्मी महतो कोइरी रहेका छन् ।

राज्यव्यवस्था तथा सुशासन समितिमा पृथ्वीसुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, लीलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई, बलराम अधिकारी, वासुदेव घिमिरे र मेनकाकुमारी पोखरेल,उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिः रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मंगलप्रसाद गुप्ता र लक्ष्मी महतो कोइरी र कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिमा ज्वालाकुमारी शाह, सूर्यप्रकाश ढकाल, बिजुला रायमाझी, सरस्वती सुब्बा, अमृतलाल राजवंशी, गंगाप्रसाद यादव, मानवीर राई र सूर्यकुमारी श्रेष्ठ रहेका छन् ।

त्यस्तै, महिला तथा सामाजिक मामिला समितिमा टोपबहादुर रायमाझी, ईश्वरीबहादुर रिजाल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, हर्कमाया विश्वकर्मा, आश्मा चौधरी र विना देवी, पूर्वाधार विकास समितिमा गोकर्ण विष्ट, ठाकुर गैरे, वसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला देवकोटा, दयालबहादुर शाही, प्रेमबहादुर महर्जन र राजकुमार गुप्ता र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छविलाल विश्वकर्मा, विद्या भट्टराई, प्रभु हजारा दुसाध, ईश्वरी घर्ती, सरिता भुसाल, दिपा शर्मा, उर्मिला थेवे र कालुराम राई रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);