ईजरायल पठाइदिन्छु भन्दै ४८ लाख ठगी | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

ईजरायल पठाइदिन्छु भन्दै ४८ लाख ठगी

काठमाडौं, १३ वैशाख । ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । झापा कमल गाउँपालिका–७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरीकला दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीको लागि ईजरायल पठाई कन्सट्रकसनको काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–७ चावहिलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।

Leave a Reply