सलमानलाई स्टेजमै महिलाले राखिन् बिहेको प्रस्ताव, जवाफमा के भने ? | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

सलमानलाई स्टेजमै महिलाले राखिन् बिहेको प्रस्ताव, जवाफमा के भने ?

एजेन्सी, १३ वैशाख । बलिउड सुपरस्टार सलमान खान पछिल्लो समय आफ्नो नयाँ फिल्म ‘किसी का भाई किसी की जान’ को कारण चर्चामा छन् । सलमान हाल दुबईमा छन्, जहाँ उनी एक कार्यक्रममा सहभागी भएका छन् । यसै क्रममा एक फ्यानले उनलाई विवाहको प्रस्ताव राखेका थिए । यस सम्बन्धमा एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भिडियोमा सलमान हजारौंको भिडमा स्टेजमा देखिएका छन् । यस क्रममा उनी फ्यानसँग सेल्फी खिचिरहेको देखिन्छ । त्यसपछि एक महिला फ्यानले ‘सलमान, मसँग बिहे गर’ भन्दै चिच्याइन् । यसको जवाफ दिँदै सलमानले भने, ‘अब उनीहरुसँग गर ।’ त्यसपछि त्यहाँ उपस्थित एक महिलाले कराइन्, ‘शादी नही करनी, सलमान ’ यसमा प्रतिक्रिया दिँदै भाइजानले ‘बिल्कुल सही’ भने ।

सलमानको भिडियोको कमेन्ट सेक्शन तारिफले भरिएको छ । भिडियोमा एक प्रयोगकर्ताले लेखेका छन्, ’ह्यान्डसम केटा, सलमान सर।’ तर अर्कोले लेखे, ‘यी मानिसहरू किन सलमानले विवाह गरेको चाहँदैनन् ? उनीहरुको बिहे होस् ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);