काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो देश अब युवाले हाँक्ने दाबी गरेका छन् ।
लोकतन्त्र दिवसको अवसरमा रविले सामाजिक सञ्जाल मार्फत यो लोकतन्त्र दिवसले ती तमाम अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस् भन्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले ऐतिहासिक राजनीतिक परिवर्तनले त्यो बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन ? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन ? भन्दै प्रश्न समेत उठाएका छन् ।
‘अहिलेको देश देख्दा लाग्छ— हामी दशकौं पहिले जहाँ थियौं, अहिले पनि त्यहीँ छौं । व्यवस्था त सुध्रियो, नागरिकको अवस्था सुध्रिएन । यो लोकतन्त्र दिवसले ती तमाम अक्षम राजनीतिककर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस् । यो देश अब युवाले हाँक्छन्,’ रविले लेखेका छन् ।