काठमाडौं, ११ वैशाख । आइतबार सम्पन्न भएको उपनिर्वाचनको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ५९०० मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा २६८७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल १६५७ मत पाउँदै तेस्रो स्थानमा रहेका छन् । तनहुँ १ मा कुल ९ उम्मेदवार रहेका छन् । तनहुँमा आइतबार मतदान सकिएलगत्तै मतगणना सुरु भएको हो । मैदानमा ९ जना उम्मेदवार छन् ।
नेकपा समाजवादीका गणेश श्रेष्ठ, नेमकिपाका रामप्रसाद पराजुली, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनार,मंगोल नेशनल अर्गनाइजेशनका प्रेम बहादुर थापा राष्ट्रिय जनमुक्तिका पूर्णबहादुर राना र राप्रपाका शोभा गुरुङ उम्मेदवार छन् ।