आज पनि वर्षासहित हावाहुरीको सम्भावना | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

आज पनि वर्षासहित हावाहुरीको सम्भावना

काठमाडौं, ११ वैशाख । देशमा यतिबेला पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। अहिले देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कार्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, महाशाखाको अनुसार आज राती लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);