स्वर्णिम वाग्लेलाई चुनाव जित्न यसकारण कठिन | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

स्वर्णिम वाग्लेलाई चुनाव जित्न यसकारण कठिन

काठमाडौं, १० वैशाख । तनहुँ १ मा स्वर्णिम वाग्लेलाई चुनाव जित्न कठिन देखिएको छ । अघिल्लो चुनावको भन्दा कम प्रतिशत मतदान हुनुले पनि वाग्लेलाई धक्का लाग्ने देखिएको हो ।

मंसिर ४ को चुनावमा नेपाली काँग्रेसबाट रामचन्द्र पौडेलले २५ हजार ३६१ मत ल्याएकोमा काँग्रेसको ५ हजार सम्म मत घट्दा पनि जीतको सम्भावना रहेको छ । नेकपा एमालेले १९ हजार ९८१ मत प्राप्त गरेको थियो । उसले यो मत जोगाएमा पनि जीतको सम्भावना रहन्छ ।

पूर्वगृहमन्त्री गोविन्दराज जोशीले ६ हजार ८८६ मत ल्याएका थिए । उनले काँग्रेसलाई साथ दिएनन् । रास्वपाका विकास सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए ।
स्वर्णिमको घण्टी चिन्हले चुनाव जित्न रास्वपाले यसअघि पाएको मतभन्दा कम्तिमा १० हजार ल्याउनैपर्छ । जुन कठिन देखिन्छ ।

तनहुँ काँग्रेसको गढ मानिन्छ । त्यसमाथि राष्ट्रपति रामचन्द्र पौडेलको गृहक्षेत्र हो । यसले पनि काँग्रेसका लागि तनहुँको चुनाव प्रतिष्ठाको विषय बनेको छ ।

काँग्रेस र रास्वपाको टकरावबीच एमालेका सर्वेन्द्र खनालले बाजी मार्नसक्ने सम्भावना उत्तिकै छ । चुनावमा स्वर्णिम वाग्लेले भने सोचेजस्तो मत हासिल गर्न नसकेको बुझिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);