काठमाडौं, १० वैशाख । बारा २ मा जारी उपनिर्वचनमा २ मतदान केन्द्रमा बुथ कब्जा भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले आरोप लगाएका छन् ।
प्रहरी प्रशासनकै संरक्षणमा पचरौता नगरपालिका बेलडाडीमा जसपाले बुथ कब्जा गरेको राउतको आरोप छ ।
आफ्ना प्रतिनिधिलाई बेलडाडी र देवतालको झिगैया बुथमा आफ्ना प्रतिनिधिलाई समेत प्रवेश गर्न नदिएको भन्दै उनले हिजो देखि नै बुथ कब्जा हुने जानकारी पाएलगत्तै प्रहरी प्रशासनलाई खबर गरेको जनाएका छन् ।