मिटरब्याजी पीडितलाई परिचालन गरि सरकारविरुद्ध षड्यन्त्र भइरहेको नेपालको आशंका | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

मिटरब्याजी पीडितलाई परिचालन गरि सरकारविरुद्ध षड्यन्त्र भइरहेको नेपालको आशंका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान कम्युनिष्ट सरकार कतिपयलाई नपचेको बताउनुभएको छ ।

शनिवार ललितपुरमा आयोजित नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको कम्युनिष्ट सरकार कतिपयलाई अपाच्य भएको बताउनु भयो ।

उहाँले आफूले सरकारसँग सहमति भइसकेपछि पनि मिटरब्याजीहरु आन्दोलनमा उत्रिरहेको भन्दै उनीहरुलाई परिचालन गरी षड्यन्त्र रचेको हुनसक्ने आरोप लगाउनु भयो । उहाँले कम्युनिष्ट सरकारबिरुद्ध षड्यन्त्र रच्ने काम भइरहेको भन्दै सजग रहनुपर्ने बताउनु भयो ।

अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीहरु छरिएर रहनु राम्रो नभएको जिकिर गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);