मौन अवधिमा के–के गर्न पाइदैन् ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

मौन अवधिमा के–के गर्न पाइदैन् ?

काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनको मौन अवधि विहिबार राति १२ बजेदेखि सुरु भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मौन अवधिभर निर्वान सम्बन्धी कुनै पनि किसिमको प्रचारप्रसार गर्न पाइने छैन । मौन अवधि उल्लघंन गरे निर्वाचन ऐन अनुसार एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने व्यवस्था छ ।सोही दफाको उपदफा (७) मा सो विपरितका कार्य गरेमा आयोग, निर्वाचन अधिकृत वा अनुगमनकर्ताले जरिवाना गर्न सक्ने व्यवस्था रहेको छ ।

त्यस्तै, निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ मा मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरणसम्बन्धी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले आफ्ना उम्मेदवार रोजी भयरहित भई मतदानमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेको छ। वैशाख १० गते आइतबार चितवन–२, बारा–२ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);