प्रचण्ड, देउवा, ओली देखि रविसम्मको अस्तित्वको लडाई (भिडियोरिर्पोट) | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

प्रचण्ड, देउवा, ओली देखि रविसम्मको अस्तित्वको लडाई (भिडियोरिर्पोट)

बटुकराज गिरी । उपचुनावमा हेभिवेट उम्मेदवारले माहोल तात्तिएकै थियो । हेभिवेट नेताहरुले तीनवटै क्षेत्रको निर्वाचनलाई राजनीतिक अस्तित्वको लडाईं जसरी लिएपछि रोचक भिडन्त हुने देखिएको छ ।

लाग्छ यो उपनिर्वाचन होइन आम निर्वाचन नै हो । नेताहरुकाल लागि त चुनावभन्दा पनि राजनीतिक अस्तित्वको लडाईँ जस्तो बनिसकेको छ । चितवन, बारा होस् या तनहुँ नेताहरुले शक्ति नै केन्द्रित गरेका छन् । यो उपचुनावमा राजनीतिका नियमहरु उल्लंघन भए आश्चर्य नमाने हुन्छ किनभने राजनीतिक दल र नेताहरुले भविष्यमा आफू शक्तिमा रहने कि नरहने परीक्षाका रुपमा उपचुनावलाई लिएका छन् । पुराना र नयाँ दलबीचको महासंग्राम बन्दैछ उपचुनाव । पुराना अनुहार र नयाँ अनुहारबीचको संघर्ष देखिदैछ । बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादव, तनहुँ १ मा स्वर्णिम वाग्ले र चितवन २ मा रवि लामिछाने निकै दबाबमा छन् यतिबेला । उनीहरुको जीत या हारले नेपाली राजनीतिलाई दुरगामी प्रभाव पार्न सक्छ । तीनवटै क्षेत्रमा चुनौती बनेका उम्मेदवारहरु पासा पल्टाउने दाउमा छन् ।

उपनिर्वाचनमा प्रमुख राजनीतिक दलहरुले हेभिवेट उम्मेदवारहरु खडा गरेपछि रोचक भिडन्त हुने देखिएको छ । चितवन २ मा रास्वपाबाट रवि लामिछाने, गठबन्धनबाट जित नाराण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपानेविच कडा प्रतिष्पर्धा हुने देखिन्छ । बारा २ मा गठबन्धनबाट उपेन्द्र यादव, जनमतबाट शिवचन्द्र कुसवाह, रास्वपाबाट रमेश खरेल र एमालेवाट पुरुषोत्तम पौडेलबीच चौपक्षीय भिडन्त हुने देखिएको छ । तनहुँ १ मा गठबन्धनबाट गोन्दि भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र रास्वपाबाट स्वर्णीम वाग्ले मैदानमा छन् । तीनैजना हेभिवेट हुन् र निकै दबाबमा छन् । कोही पनि ढुक्क छैनन् कतैपनि ।

लामो समयदेखि उम्मेदवारको आश्वासन सुनेर विभिन्न अपेक्षा बनाएका नागरिकहरुमा निराशापन भयो उपनिर्वाचनमा पनि देखियो । पटक पटक निर्वाचन हुँदा नागरिकले धेरै उम्मेदवारलाई आफ्नो अमूल्य भोट दिएर संसदमा पठाए पनि ति जनप्रतिनिधि मन्त्री पनि भए तर, नागरिकको समस्या जहाँको तहीँ रहेको मतदाताहरुको गुनासो छ ।

उपचुनावले मंसिर ४ पछि दलहरुको शक्तिपरीक्षण गर्दैछ । यसले दलको मात्र नभई नेता विशेषको राजनीतिक भविष्य समेत कोरिदिन सक्छ । यसकारण उपचुनावलाई शीर्ष नेताहरुले नै गर या मरका रुपमा लिन थालेका छन् । लोकतन्त्रमा चुनाव स्वाभाविक प्रक्रिया हो । तर, राजनीतिक तरलताबीच यसले कतिपय नेताहरुको राजनीतिक भविष्यलाई चाँडै नै वार कि पार लगाइदिनसक्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);