१५ दिनभित्र माग पुरा नगरे सिसडोलमा फोहोर फाल्न नदिने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

१५ दिनभित्र माग पुरा नगरे सिसडोलमा फोहोर फाल्न नदिने चेतावनी

काठमाडौं, ७ वैशाख । नुवाकोटको ककनी र धादिङको धुनिवेशी नगरपालिकाले फोहोर फाल्न नदिने चेतावनी दिएको छ । गत वर्ष बञ्चरेडाँडा र सिसडोलबासीसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै दुई पालिकाले प्रेश विज्ञप्ती निकालेर १५ दिन भित्र माग पुरा नगरे फोहोर फाल्न नदिने चेतावनी दिएको हो ।

काठमाडौं महानगरपालिकालगायत १८ वटा नगरपालिकाहरूको फोहोर विगत १८ वर्षदेखि संकलन हुँदै आएको छ । २०७९ जेठ २३ गते, नेपाल सरकार, शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिबेशी नगरपालिका र ककनी गाउँपालिकाका सरोकारवालाहरु बीच र जेठ २६ गते काठमाडौं महानगरपालिका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरु बीच भएको सम्झौताका अनुरूप बुदाँहरु कार्यान्वयन नभएको स्थानिय निकायहरुको गुनासो छ । ती बुदाँहरुलाई तत्कालै कार्यान्वयनमा ल्याउनु पर्ने उनीहरुको माग छ ।

आफुहरुको जायज मागहरु १५ दिन भित्रमा पुरा नभए दुवै स्थानीय तहको कार्यपालिका बैठकले निर्णय गरि फोहोरको ढुवानी बन्द गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);