राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्समार्फत दिल्ली लगियो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्समार्फत दिल्ली लगियो

काठमाडौं, ६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ । बुधवार उहाँलाई श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको हो । राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मंगलवार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो । चिकित्सकले थप उपचारका लागि भारत लैजान आग्रह गरेपछि उहाँलाई आज बिहान भारत लगिएको हो ।

नयाँ दिल्लीस्थित अल इण्डिया इस्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उहाँको थप उपचार हुनेछ । पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि
भर्ना हुनुभएको थियो । फेरि उही समस्या बल्झिएपछि थप उपचारका लागि आज भारत लगिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);