काठमाडौं, ६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको पेटमा समस्या बढेपछि उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारत लगिएको छ । उनलाई बुधवार विहान नयाँ दिल्लीस्थित अल इन्डिया मेडिकल इन्स्टिच्युट एम्स लगिएको हो ।
पौडेलका प्रेस संयोजक खिला कार्कीले उपचारका लागि एयर एम्बुलेन्समार्फत् नयाँ दिल्ली लगिएको जानकारी दिए । राष्ट्रपतिको साथमा चिकित्सक टोली पनि गएको छ ।
राष्ट्रपतिको नेपालमा उपचारका क्रममा पेटमा संक्रमण भेटिएको थियो । उनलाई एन्डिबायटिक चलाइएको उपचारमा संलग्न चिकित्सकले बताए । छातिमा पानी जमेको निकालिएको तर समस्या बल्झिएपछि नयाँ दिल्ली लगिएको जनाइएको छ ।
पौडेल ४० दिनअघि तेस्रो राष्ट्रपति निर्वाचित भएका हुन् । राष्ट्रपति बन्नुअघि नेपाली काँग्रेसका वरिष्ठ नेता थिए ।