कुकुरको लठ्ठीले कुटेर हत्या,शवको पोस्टमार्टम हुँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८२, बुधवार

कुकुरको लठ्ठीले कुटेर हत्या,शवको पोस्टमार्टम हुँदै

एजेन्सी, ६ वैशाख । रोहिणी सेक्टर ३४ मा चारदेखि पाँच जना अभियुक्तले कुकुरलाई लाठीले हानेर मारेका छन् । हत्या गरेर कुकुरलाई मोटरसाइकलमा बाँधेर सुनसान ठाउँमा तानेर फालिदिए । जसका कारण कुकुरको आँखा पनि बाहिर आएको थियो ।

रोहिणी सेक्टर ३४ का बासिन्दाले प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले एफआईआर दर्ता गरी कुकुरको शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि पठाएको छ। यस सम्बन्धमा प्रहरीले थप कारबाही गरिरहेको छ ।

प्रहरीलाई दिएको उजुरीमा रोहिणी सेक्टर ३४ का उजुरीकर्ताले आइतबार साँझ रोहिणी सेक्टर ३४ मा कुकुरलाई निर्मम कुटपिट गरी मारेको बताए । हत्यापछि उनको शवलाई मोटरसाइकलमा बाँधेर घिसारेर सुनसान क्षेत्रमा फालिदिएको थियो ।

यस घटनामा चारदेखि पाँच जनाको संलग्नता रहेको र तीमध्ये एक जना शिवकुमार गुप्ता रहेका छन् । शिवकुमार गुप्ता किराना पसल चलाउँछन्। उनले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । यस सम्बन्धमा प्रहरीले केहीलाई हिरासतमा राखेर सोधपुछ गरिरहेको छ ।

Leave a Reply