बालेनविरुद्धको मुद्दा कार्कीको इजलासमा | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

बालेनविरुद्धको मुद्दा कार्कीको इजलासमा

काठमाडौं, ५ वैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध परेको रिट कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा परेको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै साहबिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मेयर साहलाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले सोमवार रिट दायर गरेका थिए ।

जसको सुनुवाई मंगलवारका लागि तोकिएको छ । आफ्नो क्षेत्रभित्र फोहोर संकलन गर्ने दायित्व काठमाडौं महानगरपालिकाको भएकाले कानूनविपरीत फोहोर संकलन नगरेकाले तत्काल संकलन गरी ल्याण्डफिल्ड साइडमा लैजान र नियमित फोहोर संकलन र विसर्जन गर्न रिटमा माग गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);