प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी बढ्दै गर्दा एन पी साउद परराष्ट्रमन्त्री | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी बढ्दै गर्दा एन पी साउद परराष्ट्रमन्त्री

काठमाडौं, ३ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री नियुक्त भएका छन् । उनले आज आइतवार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथपछि विदेश मन्त्रालयमा पुगेर पदभार ग्रहणपछि उनले प्रधानमन्त्रीले चाँडै भारत भ्रमण गर्ने बताए । त्यसको तयारी बढाइहाल्ने उनको भनाई थियो ।

साउद कञ्चनपुरबाट सांसदमा निर्वाचित भएका थिए । काँग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र साउदलाई विदेशमन्त्री बनाउन शनिवार नै सत्ता गठबन्धनका प्रमुख नेताहरुको छलफलबाट टुंगो लागेको थियो ।

प्रधानमन्त्री प्रचण्डले वैशाखभित्रै भारतको भ्रमण गर्ने चर्चाका बीच साउदको विदेशमन्त्रीमा नियुक्ति भएको हो । नेपालमा विदेश मन्त्रालयमा भारत भ्रमणको तयारी चलिरहेको छ ।

भारत भ्रमणमा जलविद्युत, विद्युत व्यापारलगायतका विषयमा महत्वपूर्ण छलफल हुने गरी तयारी भइरहेको विदेश मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);