काठमाडौं, ३ वैशाख । नेपालमा फेरी कोरोना संक्रमणबाट मृत्यु हुन थालेको छ ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित कञ्चनपुरकी एक महिलाको आज बिहान मृत्यु भएको हो । उनलाई मुटुसम्बन्धि समस्या थियो ।
भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
मुटु सम्बन्धी समस्या भएपछि ती महिलाको गत २४ चैत गते देखि सो अस्पतालको आइसीयूमा उपचार भइरहेको थियो । File photo