महेश बस्नेतको दाबी– चितवनका जनताले रविजीलाई जिताउदैनन् | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

महेश बस्नेतको दाबी– चितवनका जनताले रविजीलाई जिताउदैनन्

काठमाडौं । नेकपा (एमाले)का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले निर्वाचन हार्ने दावी गर्नु भएको छ ।

लामिछानेको नक्कली राष्ट्रवाद, अवसरवाद बुझेकाले चितवन क्षेत्र नम्बर २ का जनताले निर्वाचनमा हराउने नेता बस्नेतको जिकीर थियो । शनिबार काठमाडांैमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको पनि बताउनु भयो ।

नेता बस्नेतले युवा र लोकप्रिय भएकाले सो निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेले चुनाव जित्ने सम्भावना बढि रहेको बताउनु भयो । सो चुनावमा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुने उहाँको बुझाई थियो । नेता बस्नेतले भन्नु भयो, ‘चितवन २ का जनताले यो नक्कली राष्ट्रवाद, यो अवसरवादी चरित्र, यो पब्लिक कम्जवसन्शनका लागि गरिने कुराहरुबाट चितवन २ मुक्त हुुन्छ । त्यहाँ नेकपा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुुन्छ । र, रविजी त्यसलाई पछ्याउनु हुन्छ । सम्भव हिजो कृष्णभक्त पोखरेलले राम्रो काम गरेको हुनाले र आज रामप्रसाद न्यौपाने एउटा नयाँ युवाहरुको बीचमा पपुलर व्यक्ति हामीले उठाएका छौं । त्यस अनुसार युवाहरुलाई राजनीतिमा ल्याउनु पर्छ भन्ने मान्यता पनि छ । उहाँले सम्भावना निकै बलियो छ । कमजोर छैन भन्ने मलाई लाग्दछ । चितवनका जनताले रविजीलाई जिताउदैनन् ।’

नेता बस्नेतले सरकारको काम कारबाही देश र जनताको हितमा नरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);