काठमाडौं । काठमाडौँ महानगरपालिकामा आजदेखि पूर्णरुपमा अनलाइन नक्सापास प्रणाली सुरुवात भएको छ । यो प्रणालीको प्रयोगबाट घर तथा संरचना बनाउँदा घरनक्सा दर्ता अनलाइनबाटै पेश गर्न सकिनेछ ।
त्यस्तै, संधियारको सूचना, राजस्व तिर्ने, फिल्ड भिजिट मिति तोक्ने तथा प्लिन्थ लेभलसम्मको इजाजत लगायतका सम्पूर्ण प्रक्रिया महानगर तथा मातहतका कार्यालयमा नगइ अनलाइनबाट नै सेवा लिन सकिनेछ ।
यसले पहिले २–३ महिना लाग्ने प्रक्रियालाई बढिमा २५ दिनमा छोट्याउने महानगरको दाबी छ । यसका लागि सर्भरको स्तरोन्नतिसहीत सफ्टवेयरका धेरै सुविधाहरु सुधार गरिएको बताइएको छ ।
यो प्रणालीसँगै विचौलिया प्रवृति, वारेसनामा पद्दति, आर्थिक अनियमितता लगायतको अन्त्य भइ पारदर्शी र सहज प्रक्रिया सञ्चालन हुने महानगरको विश्वास छ ।