बिन्दु अधिकारी । यो वर्ष स्वास्थ्य क्षेत्रलाई राजनीतिक अस्थिरताले सबैभन्दा बढी असर पा¥यो । एकै वर्षमा ३ मन्त्री परिवर्तन हुँदा मन्त्रालयका कर्मचारीले वर्षको अन्तमा नयाँ मन्त्रीलाई स्वागत गर्न पाएनन् । यसै वर्ष डेंगीको ठूलो असर देखियो । औषधि खरिदमा भएको अनियमितता, नियमविपरीतका नियुक्ति, मेडिकल लापरबाहीलगायत घटनाले वर्ष २०७९ स्वास्थ्य क्षेत्रका लागि निराशाको वर्ष रह्यो ।
२०७९ साल स्वास्थ्य क्षेत्रका लागि चुनौतीपूर्ण रह्यो । तर, सरकारी तहबाट चुनौतीको सामना गर्न अपनाइएका कदमहरु भने निराशाजनक रहे । स्वदेशी उत्पादन र स्वरोजगारमा जोड दिन भन्दै चितवनमा आठौं नेपाल फर्मा एक्स्पो २०२२ को तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दै सालको सुरुवात भयो भने यसपछि भारत सरकारले कोभिड १९ विरुद्धको स्थानीय खोप कोभ्याक्सिनलाई ६ देखि १२ वर्ष उमेर समूहका बालबालिका लागि आपतकालीन प्रयोगमा ल्याउन स्वीकृति दियो । विश्व अर्थतन्त्रलाई धरासायी बनाएको कारोना महामारीको चौथो वर्ष लाग्यो र कर्णाली प्रदेशमा मात्रै १० हजार खोप म्याद सकिएका कारण फाल्न बाध्य भयो ।
असार महिना देखी सुरु भएको डेंगी संक्रमणमा करिव ५५ हजार संक्रमीत हुदा ८८ जनाले ज्यान गुमाए । संक्रमीतहरुलाई अस्पतालमा शैय्या पाउनै मुश्किल भयो । सिटामोल पाउनै मुश्किल भयो । दादुरा, हैजा जस्ता महामारी बढ्यो भने क्षयरोगीको संख्यामा पनि उल्लेख्य वृद्धि भयो । यसै वर्ष त्रि.वि शिक्षण अस्पतालमा दिवा सेवा डायलाइसिस केन्द्रमा ८ वटा डायलासिस मेसिन जडान गरियो । अझै महत्वपुर्ण विषय स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ पहिलो संशोधन अध्यादेश, २०७९ तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी गरियो । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले महानगरभित्रका स्थायी बासिन्दाका सन्तान सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूका लागि एक लाख बराबरको जीवन बिमा र मासिक ७ हजार लिटरसम्म पानी उपयोग निःशुल्क गर्ने निर्णय गर्नुभयो भने काठमाडौं महानगरपालिकाले चुनावपछि पहिलो कार्यक्रम कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप अभियान सञ्चालन ग¥यो ।
स्वास्थ्य विमा बोर्डका अध्यक्ष सेनेन्द्रराज उप्रेतीले राजीनामा दिनुभयो भने प्रत्येक ३ वर्षमा हुने नेपाल चिकित्सक संघले नयाँ नेतृत्वका रुपमा डा अनिलविक्रम कार्कीलाई पायो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलालीको गेटा मेडिकल कलेजलाई नेपालकै पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रुपमा अगाडी सार्ने घोषणा गर्नुभयो । आँखा उपचारका क्षेत्रमा नेपालका आँखा रोग विशेषज्ञ तथा तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले बहराईन सरकारबाट एक मिलियन डलर बराबरको सर्वोत्कृष्ट इशा अवार्ड प्राप्त गर्नुभयो । २०७९ साल समग्रमा केहि उपलब्धीका विच उल्लेख्य सुधारमा भने देखिएन । स्वास्थ्य मन्त्रालयमा तीन मन्त्री फेरिंदा पछिल्लो समय नयाँ मन्त्री कुर्दा कुदै यो वर्ष नै बित्यो ।