कतार र बराइनबीच पुनः कुटनितिक सम्बन्ध स्थापना | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

कतार र बराइनबीच पुनः कुटनितिक सम्बन्ध स्थापना

काठमाडौं । कतार र बराइनबीच पुन कुटनितिक सम्बन्ध स्थापना भएको छ ।

साउदी अरबको राजधानी रियादस्थित खाडी सहयोग परिषद् जीसीसीमहासचिवको मुख्यालयमा दुई देशका प्रतिनिधिहरुबीच भएको भेटवार्तामा दुवै खाडी मुलुक लामो समयदेखि जारी विवादको अन्त्य गर्दै पुन कुटनितिक सम्बन्ध स्थापना गर्न सहमत भएका हुन् ।

दुवै देशले एकीकरणलाई जोड दिएको र कुटनितिक सम्बन्ध पुन स्थापना गएिको छुट्टा छुट्टै विज्ञप्तिमार्फत जनाइएको छ । कतारी विदेश मन्त्रालयका महासचिव अहमद बिन हसन अल हम्मादी र बहराइनको राजनीतिक मामिलाका लागि विदेश मन्त्रालयका उपसचिव शेख अब्दुल्ला बिन अहमद अल खलिफाले दुई देशको बिग्रिएको सम्बन्धलाई समाधान गर्ने तर्फ पहल गरेका हुन् ।

सन् २०१७ मा कतारले इराकलाई समर्थन गरेको भन्दै बराइन ,युनाइटेड अरब इमिरेटस, इजिप्टले कुटनितिक नाकाबन्दी लगाएको थियोे । दोहाले भने आरोप अस्वीकार गरेको थियो । नाकाबन्दी अनुरुप बहराइनले कतारको हवाई र जहाज आफनो हवाई क्षेत्रमा प्रवेशमा रोक लगाउनुका साथै व्यापारिक सम्बन्ध समेत तोडेको थियो ।

Leave a Reply