काठमाडौं । कांग्रेसको शेखर कोइराला पक्षले देउवासँग तीन मन्त्री र एक राज्यमन्त्री दाबी गरेको छ । बिहीबार बिहान बालुवाटारस्थित शेखर कोइरालाको सचिवालयमा संस्थापनइतर समूहको बैठक बसेको थियो ।
उक्त बैठकमा कोइराला समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने देउवासँग अडान राखेको थियो । कांग्रेसलाई ८ मन्त्रालय दिने सहमति सत्ता गठबन्धनभित्र यसअघि नै भएको थियो । कांग्रेस भित्रको गुटमा कुरा नमिलेपछि चैत १७ मा मन्त्रिपरिषद बिस्तार हुँदा कांग्रेसले ४ जनालाई मात्रै मन्त्री बनाएको थियो ।
नेपाली कांग्रेसको आन्तरिक विवादका कारण सरकारमा पठाउने मन्त्री छान्न नसक्दा मन्त्रिपरिषद बिस्तारमा ढिलाइ भइरहेको छ ।
यसअघि गगन थापा समुहबाट प्रदिप पौडेललाई पठाउने निर्णय गरेको थियो र तर, त्यसमा देउवाले सहमति नजनाएपछि पौडेल रोकिएका थिए । अहिलेपनि थापाले आफ्नो पक्षबाट एक जनाको नाम पठाउन चाएका छन् । यसकारण पनि कांग्रेसभित्र मन्त्रीको नाम टुङ्ग्याउन मुस्कील देखिएको छ ।