ज्येष्ठ कलाकारहरुको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउँछः राज्यमन्त्री ठकुरी | ईमाउण्टेन समाचार

Our Network

असार ३० २०८१, शनिबार

ज्येष्ठ कलाकारहरुको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउँछः राज्यमन्त्री ठकुरी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले ज्येष्ठ कलाकारहरुको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कलाकारहरु चलचित्रमा अभिनय गर्ने, गीत गाउने र नाच्न सक्ने बेलासम्मका लागि वाहवाही पाएपनि ज्येष्ठ नागरिक भएको बेलामा उनीहरुलाई कसैले नहेर्ने देखिएको अवस्थालाई मध्यनजर गरी सरकारले ज्येष्ठ कलाकारहरुको सम्मानका लागि रणनीतिक योजना बनाएर अघि बढ्ने बताउनु भयो ।

उहाँले कलाकारहरुले देशको नाम विश्वमाभल पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने गरेको र तिनै राष्ट्रिय कलाकारहरुलाई भविष्यको ग्यारेन्टी नहुने दुःखद् अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले कला क्षेत्रको संवद्र्धन गर्ने कुरामा राज्य गम्भीर रहेको बताउनु भयो । उहाँले आगामी दिनमा नेपाललाई फिल्म हब बनाउनतर्फ लाग्नुपर्ने पनि बताउनु भयो ।

राज्यमन्त्री ठकुरीले कला र संस्कृतिको क्षेत्रलाई पर्यटनसँग जोडेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);