काठमाडौंका विद्यालयले अभिभावकसँग सहयोग शुल्क उठाउन नपाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

काठमाडौंका विद्यालयले अभिभावकसँग सहयोग शुल्क उठाउन नपाउने

काठमाडौं, ३० चैत्र । काठमाडौं महानगरपालिकाका भित्रका सामुदायिक विद्यालयहरुले कुनै पनि शुल्क उठाउन नपाउने भएका छन् ।

महानगरभित्रका सामुदायिक विद्यालयहरुलाई अभिभावकसँग सहयोग शुल्क नलिन महानगरले निर्देशन दिएको हो ।

शिक्षा ऐन, २०२८ (संशोधन सहित) को दफा १६ (घ) को उपदफा (क) मा कुनै अभिभावकले आफ्नो इच्छाले सामुदायिक विद्यालयलाई दिएको दान, उपहार, चन्दा वा सहयोग लिन सकिनेछ भन्ने व्यवस्थाको गलत प्रयोग गर्दै कतिपयले विद्यालयले अभिभावकबाट शुल्क असुलेको भन्दै महानगरले कुनै पनि शुल्क नलिन आग्रह गरेको हो ।

Leave a Reply