५० प्रतिशत कसैले कटाउन सकेनन्, वरिष्ठ उपाध्यक्षमा पुनः मतदान हुँदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

५० प्रतिशत कसैले कटाउन सकेनन्, वरिष्ठ उपाध्यक्षमा पुनः मतदान हुँदै

काठमाडौं, ३० चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने भएको छ । तीन प्रतिस्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत नल्याएपछि पुनः दोस्रो चरणको मतदान हुने भएको हो ।

वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ चुनावी मैदानम छन् ।

महासंघको विधानअनुसार निर्वाचित हुन ५० प्रतिशत मत आवश्यक पर्छ । उम्मेदवारहरुले कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि पहिलो र दोस्रो हुनेबीच पुनःप्रतिस्पर्धा हुने व्यवस्था छ ।

सो व्यवस्थाअनुसार फेरी मतदान हुने भएको हो । पहिलो चरणको मतदानमा अन्जनले ३७.९९, उमेशले ३१.९९ र रामचन्द्रले ३०.५६ मत पाएका छन् । अब अन्जन र उमेशबीच चुनाव हुने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);