म प्रतिको विश्वास टुट्न दिन्नः नवनिर्वाचित उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

म प्रतिको विश्वास टुट्न दिन्नः नवनिर्वाचित उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ

काठमाडौं, ३० चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा ज्योत्स्ना श्रेष्ठ विजयी बन्नुभएको छ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघाई प्यानलकी उहाँ एसोसिएट तर्फको उपाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

उहाँले वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ प्यानलका साझा उम्मेदवार भरतराज आचार्यलाई पराजित गर्नुभयो । विजयी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले महिला नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा आइपुग्नु आफैँमा खुशीको कुरा भएको बताउनु भयो । उहाँले जित्न कठिन भएपनि जित्छु भन्ने आत्मविश्वास आफूमा रहेको र सधैँ सत्यको जित हुने दाबी गर्नुभयो । उहाँले आफूलाई आगामी दिनमा काम गर्न कुनै कठिनाइ नरहेको र टिमलाई समेटेर व्यवसायीहरुको समस्याको समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिलाले नेतृत्व लिन पाउँदा धेरै नै खुशी लागेको छ । जित्न कठिन थियो, तर आत्मविश्वास थियो । किनभने सत्यले जित्छ । म टिम लिएर काम गर्छु, टिमलाई समेटेर काम गर्छु, व्यवसायीहरुको समस्याको समाधान गर्ने प्रतिवद्धता छ । चुनाव सकिएपछि हामी एक हुन्छौँ । काम गर्न कुनै समस्या हुँदैन । मलाई विश्वास गरेजस्तै हजुहरुको पनि विश्वास पूूरा गर्नेछु ।’

एसोसिएट उपाध्यक्ष श्रेष्ठले चुनावको बेलामा मात्रै प्यानल भएको तर चुनाव सकिएपछि सबै एक भएर काम गर्ने बताउनु भयो । उहाँले आफूलाई विश्वास गरेर जिताएकोमा धन्यवाद दिँदै विश्वास टुट्न नदिने प्रतिवद्धता जनाउनु भयो । यसैगरी नेपाल उद्योग बाणिज्य महासंघको बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल विजयी हुनुभएको छ । जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य विजयी हुनुभएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);