उद्योग वाणिज्य महासंघ निर्वाचन : यी हुन एसोसिएटतर्फ विजयी उम्मेदवार | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

उद्योग वाणिज्य महासंघ निर्वाचन : यी हुन एसोसिएटतर्फ विजयी उम्मेदवार

काठमाडौं, ३० चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार भएको निर्वाचनमा उपाध्यक्षमा ३ जना निर्वाचित भएका छन् । बुधबार बिहान १० देखि ६ बजे सम्म भएको  मतदानको एसोसिएटतर्फको मतगणना सम्पन्न भएको छ । १६ सय ५० कुल मत खसेको थियो ।

उपाध्यक्षमा हेमराज ढकाल, सुरजकृष्ण वैद्य र ज्योत्सना श्रेष्ठ विजयी भएका छन् ।  महासंघको हिजो भएको चुनावमा वरिष्ठ उपाध्यक्षका लागि अन्जान श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईले प्यानलै बनाएर उम्मेदवारी घोषणा गरेका थिए ।

डा. रामशरण थपलिया, मनोज पौडेल, आनन्द कुमार बगेरिया, अम्बिका प्रसाद पौडेल, सुनिल नारायण श्रेष्ठ, सुशील थापा, शैलेन्द्र गुरागाईं, राजेश कुमार अग्रवाल , हेमन्त गोल्छा, देशबन्धु बस्नेत, अविनाश बोहोरा, गोपाल खनाल, उज्वल कुमार श्रेष्ठ, प्रवलजङ्ग पाण्डे, जुना माथेमा, शक्ति कुमार बेगानी, सन्दिप कुमार अग्रवाल, ऋषी अग्रवाल र मुकुन्द प्रसाद तिमल्सिना गरी १९ जना एसोसिएटतर्फ निर्वाचित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);