हिमपहिरोमा बेपत्ता भएका तीन जनाको खोजी जारी | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

हिमपहिरोमा बेपत्ता भएका तीन जनाको खोजी जारी

himpahiro

काठमाडौं, ३० चैत्र । हिमपहिरोमा परी बेपत्ता भएका तीन जना शेर्पाको खोजतलास तथा उद्धार कार्य जारी रहेको छ । सगरमाथा आरोहणका क्रममा बुधबार बिहान हिउँको ढिस्कोले पुरिएर दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रीता शेर्पा बेपत्ता भएको पर्यटन विभागले जनाएको छ ।

सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पु¥याउने क्रममा आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा आइसफल क्षेत्रको दाम भन्ने स्थानमा आज तीनजना बेपत्ता भएका थिए ।

बेपत्ता भएका तीनैजना इमाजिन नेपाल ट्रेक एण्ड एक्सपिडिसन प्रालिका तर्फबाट खटिएका खुम्बु पासाल्हामु गाउँपालिका–५ निवासी हुन् । सिम्रिक एयरको हेलिकप्टर र स्थलगत मार्गबाट तीव्ररूपमा बेपत्ताको खोजतलास तथा उद्धार कार्य जारी रहेको विभागले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);