महाकाली नदीमा पाँच करोड भ्रष्टाचार,अधिकृतदेखि इन्जिनियरसम्म मुछिए | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

महाकाली नदीमा पाँच करोड भ्रष्टाचार,अधिकृतदेखि इन्जिनियरसम्म मुछिए

काठमाडौं, ३० चैत्र । कञ्चनपुरको भिमदत्त नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत पुष्कर प्रसाद भट्ट, लेखा अधिकृत, इन्जिनियर, प्रा.लि.संचालकसमेत ९ जनालाई अख्तियारले मुद्दा दायर गरेको छ ।

भीमदत्त नगरपालिकाले आ.व. २०७८/०७९ मा महाकाली नदीमा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल) को बोलपत्र आह्वान गर्दा ठेकेदारलाई गैरकानूनी आर्थिक लाभ हुने गरी राज्यलाई हानिनोक्सानी पु¥याएको उजुरीमा अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

अखितयार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा भीमदत्त नगरपालिका, आ.व.२०७८÷०७९मा महाकाली नदिबाट नदीजन्य पदार्थको (ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल र माटो) रोयल्टी शुल्क उठाउने ठेक्का नं. ७÷आ.आ–३३३६६÷२०७८÷०७९ को ठेक्कामा भीमदत्त नगरपालिका कन्चनपुरले भवानी कन्स्ट्रक्सन प्रा.लि., कन्चनपुरसँग ठेक्का सम्झौता गर्दा रु. ५,४३,३१,८२७।७६ (पाँच करोड त्रिचालीस लाख एकतीस हजार आठसय सत्ताइस रुपैयाँ छयहत्तर पैसा) बराबरको राजस्व रकम हानिनोक्सानी गरेको कसुर पुष्टि भएको थियो ।

ती व्यक्तिहरुले कसुर गरेको देखिएकोले सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम बुधबार विषेश अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता भोला दाहालले जनाएका छन् ।

उत्खननको ठेक्का पाएको भवानी कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक स्व.ईश्वरीप्रसाद भट्टकी श्रीमती खगेश्वरी भट्ट सहितका व्यक्तिहरूलाई अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);