१० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलनमा उत्रिने नेपाल बारको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८१, शुक्रबार

१० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलनमा उत्रिने नेपाल बारको चेतावनी

काठमाडौं । नेपाल बार एशोसिएशनले सरकारलाई प्रधानन्यायाधीश नियुक्ति गर्न १० दिनको अल्टिमेटम दिएको छ ।

बुधवार बार परिसरमा पत्रकार सम्मेलन गरी १० दिनभित्र सर्वोच्च अदालतको प्रधानन्यायाधिश १० दिन भित्र नियुक्ति नगरे नेपाल बारले आन्दोलन शुरु गर्ने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कायममुकायम प्रधानन्यायाधीशबाट सर्वोच्च अदालत सञ्चालन भएको नै १ वर्ष बढी बितिसकेको भन्दै अबको १० दिन भित्रमा प्रधानन्यायाधीश नियुक्ति नगरे आन्दोलन शुरु गर्ने चेतावनी दिनुभयो ।

उहाँले सर्वोच्च अदालतमा पनि अटोमेशन प्रणाली लागू गरेर पेशीको व्यवस्थापन नगरे आन्दोलन गर्ने बताउनु भयो । उहाँले कार्यपालिका र व्यवस्थापिकाले सर्वोच्च अदालत लगायत न्यायालयलाई नै हेपेको आरोप लगाउनु भयो । उहाँले न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचार मुक्त बनाउने अभियानको फेहरिस्त दिनसमेत माग गर्नुभयो ।

पत्रकार सम्मेलनमा सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष हरिशंकर निरौलाले कानून बमोजिम अविलम्व प्रधानन्यायाधीश नियुक्त गर्न माग गर्नुभयो । उहाँले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति नगर्नु भनेको न्यायपालिकाको लागि शुभलक्षण नभएको बताउनु भयो ।

उहाँले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामाथिको महाअभियोगको टुंगो चाँडो लगाउन पनि माग गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);