सिन्धुलीमा कार दुर्घटनामा मृत्यु भएका चार भारतीयको पहिचान | ईमाउण्टेन समाचार

Our Network

मंसिर १७ २०८१, सोमबार

सिन्धुलीमा कार दुर्घटनामा मृत्यु भएका चार भारतीयको पहिचान

काठमाडौं, २९ चैत्र । सिन्धुलीमा भएको कार दुर्घटनामा चारजना भारतीय नागरिकको मृत्यु भएको छ । मङ्गलवार मध्यराति वीपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिकाको सोलाभञ्ज्याङमा भारतीय नम्बर प्लेटको कार दुर्घटना ग्रस्त भएको हो ।

बीआर डीडी ०६८७ नम्बरको कार काठमांडूतर्फ आइरहँदा सडकबाट ५०० मिटर तल खसेको थियो । तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा सिन्धुली अस्पतालमा मृत्यु भएको सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिीवी गिरीले जानकारी दिए ।

गिरीका अनुसार मृत्यु हुनेहरुमा विहार समस्तीपुर घर भएका अभिषेक ठाकुर, मुकेश कुमार चौधरी, मुतैज कुमार फुलहारा र राजेश कुमार सिंह छन् । घाइते धर्मेन्द्र शाहलाई थप उपचारका लागि कांठमाडौं लगिएको जानकारी दिए ।

मध्यराति घटना भएकाले उद्धारमा ढिलाई भएको हो । कार क्षतविक्षत अवस्थामा भेटिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);