फ्रान्सेली नागरिक सिलभेन सिभम हुँदै यसरी बने ‘मोनीबाबा’ | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

फ्रान्सेली नागरिक सिलभेन सिभम हुँदै यसरी बने ‘मोनीबाबा’

काठमाडौं, २८ चैत्र । फ्रान्सेली नागरिक सिलभेनले १२ वर्ष भयो हिन्दू धर्म अभ्यास गर्न थालेको छ । ध्वनी इन्जिनियर उनले आफ्ना गुरुबाट पाए सिभम नाम । उनी हिन्दू धर्मबाट यति धेरै प्रभावित भए कि योग र साधनमा लिन भए ।

बाँसुरीबाधक समेत रहेका सिलभेनले घोर तपस्यापछि आफूलाई मोनीबाबाका रुपमा परिचित गराउन थाले । उनी भारतका धेरै तीर्थस्थलमा पुुगे तर पशुपतिनाथको दर्शन गर्ने भित्री इच्छाले १२ वर्ष अघि नेपाल आए । हरेक वर्ष नेपाल आउन जाने गरे ।

विशेष कार्यक्रमका लागि भक्तिदर्शन टेलिभिजन, कुपण्डोलमा आउनुभएका ‘मोनीबाबा’ले सांकेतिक रुपमा आफू पोखराको पन्चासेमा अबको ५ महिना साधना गरेर बिताउने बताए । पोखरामा बिताउँने समय उहाँले योगा विद्यालयमा बासुरी बजाएर किर्तन गर्ने लक्ष्य राखेका छन् ।

३ वर्षदेखि मौन साधनामा रहनुुभएका फ्रान्सका ‘मोनीबाबा’ भारतीय चर्चित रामदेव गुरुको शिष्य चन्द्र स्वाम उदासिनको शिष्य हुनुहुन्छ । उहाँबाटै योग ध्यानको शिक्षा लिएका थिए । चन्द्र स्वाम उदासिनले उहाँलाई फ्रान्समा गएर भेटेका थिए । हरेक दिन २–३ घण्टा सम्म ध्यानमा बस्ने, बासुरी बजाउने र किर्तन गर्न मन पराउँछन् । उनले १० वर्षसम्म योगा मेरिटेशन गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);