सोमवार पनि उठेन सिंहदरबारको फोहोर | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

सोमवार पनि उठेन सिंहदरबारको फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्देशनपछि आईतवारबाट उठ्न छोडेको सिंहदरबारको फाहोर आज पनि उठ्न सकेको छैन ।

संघ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै मेयर साहले सिंहदरबार, बालुवाटार र शितलनिवासको फोहोर नउठाउन परिवर्तन सेवा प्रा.लि.का कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । आईतवार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर साहले सिंहदरबारका नेताहरुलाई सिस्डोलमा डम्पिङ गर्नुपर्ने र आईतवारबाट सिंहदरबारको फोहोर नउठाउने भनेका थिए ।

उनको सो अभिव्यक्तिपछि राजनीतिक दलका नेताहरुले उनको बिरोध गरेका छन् । राजनीतिक दलका नेताहरुले जिम्मेवार पदमा बसेर गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मेयर साहको बिरोध गरेका हुन् । आईतवारबाट उठ्न छोडेको सिंहदरबार परिसरको फोहोर सोमवार पनि उठेको छैन ।

सिंहदरबारबाट फोहोर नउठाएपछि अहिले सिंहदरबारको फोहोर पुतली बगैँचामा थुपारिएको छ । विज्ञहरुले यसलाई संघ सरकार केन्द सरकारबीचको टकराव फोहोरका कारण सिंहदरबारबाट शुरु भएको बताउँदै आएका छन् । महानगरको गैरजिम्मेवारीपनाप्रति केन्द्र सरकारले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);