हिसिलाको टिप्पणी– प्रधानमन्त्री सरकारको गणितीय वर्चश्वमा रमाउनु भयो | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

हिसिलाको टिप्पणी– प्रधानमन्त्री सरकारको गणितीय वर्चश्वमा रमाउनु भयो

काठमाडौं । नेपाल समाजवादी पार्टीकी उपाध्यक्ष एवं पूर्वमन्त्री हिसिला यमीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल सरकार मिलाउन माहिर भएपनि नेतृत्व लिन भने सक्षम हुन नसकिरहेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित नेपालमा शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शान्ति सम्झौतापछि बनेका १६ सरकारमध्ये नेकपा (माओवादी केन्द्र) १२ वटा सरकारमा सहभागी बनेपनि अपेक्षाकृत रुपमा सत्ताको नेतृत्व लिनभने नसकेको बताउनु भयो । उहाँले शान्ति सम्झौतापछि संक्रमणकालीन न्याय टुंग्याउने विषय किन प्राथमिकतामा परेन भन्दै प्रश्नसमेत गर्नुभयो ।

उहाँले संक्रमणकालीन न्याय सम्बन्धी विषयको टुंगो लगाउन माओवादी र प्रधानमन्त्री दाहालको किन पटकपटक ध्यान नपुगेको हो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहाल गणितीय वर्चश्वमा रमाएको र राज्य पुनः संरचनासँग सम्बन्धित सत्य निरुपण मेलमिलाप आयोगलाई महत्व नदिएको आरोप लगाउनु भयो ।

उपाध्यक्ष यमीले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई ९३ दिनको विपक्षी दलको नेताको सुविधा दिन सरकार तयार भएको तर सत्य निरुपण मेलमिलाप आयोगमा रहेका पुराना कर्मचारीहरुलाई निरन्तरता दिन सरकारसँग पैसा नभएको हो भन्दै प्रश्न गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);