एजेन्सी, २७ चैत्र । बलिउड सुपरस्टार सलमान खानले भर्खरै आफ्नो चित्रकला कौशल देखाएका छन्। आइतबार राति इस्टरको अवसरमा भाइजानले आफ्नो पेन्टिङ सामाजिक सञ्जालमा सेयर गर्दै फ्यानलाई बधाई दिएका छन् । पेन्टिङ हेर्दा यसमा मदर मेरीको झलक देखिन्छ । पेन्टिङ सेयर गर्दै सलमानले क्याप्सनमा लेखेका छन्,’ह्याप्पी ईस्टर’
उनले पोस्ट शेयर गर्ने बित्तिकै सलमानका फ्यानहरुले कमेन्ट सेक्शनमा उनको तारिफ गरेका छन् । एक प्रयोगकर्ताले कमेन्ट सेक्शनमा लेखेका छन्,‘यो पेन्टिङ एउटा आर्ट (भाइ) आफैले बनाएको हो ।’ दोस्रो फ्यानले लेखे– ‘लभ यु भाइ ।’ तेस्रो फ्यानले लेखे– ‘यो कलाले धेरै कुरा बोल्छ, ती व्यक्तिले मात्र गर्न सक्छन् । बुझ्नुहोस कसको मन टुटेको छ ।’ भाइजानका फ्यानले कमेन्ट सेक्शनमा उनको आगामी फिल्म ‘किसी का भाइ किसकी जान’ को ट्रेलर सोमबार आउने संकेत दिएका छन् ।
सलमान पेन्टिङ गर्न रुचाउछन् । धेरै अवसरमा उनले आफ्नो जोश मानिसहरुका अगाडि देखाएका छन् । उनका चित्रहरू राजा रवि वर्मा, अबनिन्द्रनाथ टैगोर र वीएस गायतोंडे जस्ता महान कलाकारहरूसँग प्रदर्शनीमा राखिएका छन्।