स्वर्णिमलाई प्रश्न : तनहुँ–१ को लागि के गर्नुभयो ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

स्वर्णिमलाई प्रश्न : तनहुँ–१ को लागि के गर्नुभयो ?

काठमाडौं, २७ चैत्र । आगामी बैशाख १० गते तनहुँ–१ मा उपनिर्वाचन हूँदैछ । गत मंसिरमा सम्पन्न निर्वाचनमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि सो क्षेत्रमा रिक्त रहेको प्रतिनिधि सभा सदस्यका लागि ९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

भर्खरै मात्र नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी घोषणा गरेका स्वर्णिम वाग्लेले आफूलाई टुरिस्ट उम्मेदवारको रुपमा व्याख्या गरेकोमा आपक्ति जनाउँदै आएका छन् । नेपालका नागरिकले जहाँबाट पनि उम्मेदवारी दिन पाइने संवैधानिक व्यवस्था भएकोले आफुलाई टरिस्ट उम्मेदवारको रुपमा बुझ्न नहुने उनको तर्क छ ।

नेपाली कांग्रेसको राजनीतिमा लागेर छोटो समयमा धेरै लाभ लिइसकेका वाग्लेले नेपालमा भन्दा विदेशमा आफ्नो महत्वपुर्ण समय बिताएका छन् । उनी शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका छन् । गोरखा पुख्यौली घर भई तनहुँ–१ बाट प्रतिनिधि सभा सदस्यको लागि चुनाव लड्ने घोषणा गरेका वाग्लेले आफ्नो कार्यकालमा तनहुँलाई मात्र नभएर देशकै लागि काम गरेको दाबी गर्छन् ।

स्वर्णिमले युएनडीपी र विश्व बैंकको जागिर खाएको राम्रै अनुुभव बटुलेका छन् भने बेलायत, अमेरिका र अष्ट्रेलियाबाट उच्च शिक्षा हासिल गरे पनि तनहुँ १ कै लागि मात्रै भने खास काम नगरेको बताउँछन् ।

इमान्टेन डटकमसँग कुरा गर्दै उनले भने,‘राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा मैले देशको लागि गरेको हो, भुकम्पपछिको त्यत्रो पुनःनिर्माणको बिउ/जग मैले नै, हामीले नै गरेका हौं । ४ खर्ब रुपैयाँको सहयोग जुटाएर, हाम्रो टिम गोविन्दराज पोखरेल, रामशरण महतअन्तर्गतको टिमले गरेको हो । ५ लाख घर भत्केको ९ हजार मान्छे मरेको, नेपालको भीषण क्षति भयो पुनःनिर्माणको खाका क्षेत्रिय आकंलन, अन्तर्राष्ट्रिय सहयोग जुटाएर अहिले जुन सम्पन्न भयो त्यसको पुर्व तयारी हामीले गरेको हो ।’

स्वर्णिम गोरखामा जन्मिएपनि बाल्यकाल र किशोरावस्थाको अधिकांश समय काठमाडौंमा बिताए । बुढानिलकण्ठ स्कुल पढे । उनले अहिले चुनाव लड्न लागेको तनहुँ त के जन्मभूमि गोरखा समेत राम्ररी नबुझेका आरोप खेपिरहेका छन् । तनहुँको ढुङ्गामाटो राम्ररी नबुझेका स्वर्णिम राजनीतिमा जसरी हामफाले त्यसले उनलाई धक्का पुग्ने राजनीतिक विश्लेषकहरुको विश्लेषण छ । स्वर्णिम रवि लामिछानेको सस्तो लोकप्रीयताको पछाडि दौडिएको कांग्रेस नेताहरु बताउँछन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);